१० मंसिर २०८१, सोमबार
एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि १-० गोलको जित निकालेको हो ।
हुएस्काको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई जिताउन फ्रेन्की डी योङले गरेको गोल नै निर्णायक बन्यो । उक्त खेलसँगै बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोनाको जर्सीमा स्पेनिस ला लिगा फुटबलमा ५०० औं खेल खेलेका छन ।
यश जितसँगै बार्सिलोना १६ खेलबाट बार्सिलोना २८ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । यता पराजित हुएस्का भने १२ अंकसहित पुछारमा छ ।