८ जेष्ठ २०८३, शुक्रबार
साेमबार नेपालमा थप ४ सय ३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ५९ जना महिला र २ सय ४४ जना पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे ।
मन्त्रालयका अनुसार ४ हजार ४ सय १ जनाकाे पिसिआर परीक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।


सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ छ भने क्वारेन्टाइनमा ३ सय ४२ जना छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमण मुक्त भएका छन् । यससँगै अहिलेसम्म २ लाख ५५ हजार ८८ जना काेराेनामुक्त भएका छन् ।
नेपालमा कोरोना निको हुने प्रतिशत ९७.२ रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ ।