८ जेष्ठ २०८३, शुक्रबार
आज पनि देशैभरि मौसम बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार मंगलबार (आज) हिमाली र उच्च पहाडी जिल्लामा हिमपात हुने र अन्य केही भू–भागमा पानी पर्नेछ ।
महाशाखका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै, वाग्मती प्रदेशका एक–दुई ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना रहेको छ ।


पश्चिमी वायुको प्रभावका कारण आइतबारदेखि देशभरको मौसममा बदली भएको छ । यो प्रणालीको प्रभाव बुधबारसम्म रहने महाशाखाले जनाएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।