उच्च वायुप्रदुषका कारण आकाशमै होल्ड भए जहाज

होमल्याण्ड खबर

२०७७ पुष २१ गते, मंगलवार १५:४१ मा प्रकाशित

काठमाडौंमा उपत्यकामा फैलिएको धुवाँ र धुलोका वायुप्रदुष उच्च बिन्दुमा पुगेकाे छ । उच्च वायुप्रदुषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन पुगको छ । जसकारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले बताए ।

उनका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो । सो समयमा विमानस्थलबाट टेकअफ ‘उड्ने’ अराइभल ‘आगमन’ हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो ।  विमानस्थल प्रमुख कर्णका अनुसार जुन समयमा मलेसियाबाट नेपाल आउँदै गरेका फ्लाइट मालिनोसहित आन्तरिक ४ गरी ५ वटा उडान प्रभावित हुन पुगेका हुन् । हवाई उडान तथा ल्यान्डिङका लागि न्यूनतम १ हजार २ सय मिटरको भिजिविलिटी आवश्यक रहेपनि मंगलबार एक हजार मिटर जतिको मात्र भिजिविलिटी रहेको थियो । जसका कारण उडानमा समस्या आएको हाे ।