४१२ जनामा देखियाे काेराेना संक्रमण

होमल्याण्ड खबर

२०७७ पुष २३ गते, बिहीबार १९:१८ मा प्रकाशित

पछिल्लो २४ घन्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १८२ महिला र २ सय ३० पुरुष गरि ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्इा २६३६०५ पुगेको छ ।

५ हजार १ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै कोरोनाका कारण अहिलेसम्म १९०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।