पछिल्लो २४ घण्टामा ५५४ जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ पुष २४ गते, शुक्रबार १६:२५ मा प्रकाशित

नेपालमा आज थप ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार २१ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३३८ रहेको छ ।