८ जेष्ठ २०८३, शुक्रबार
सरकारले फिल्म हल तथा नाटकघर खुल्ला गर्न अनुमति दिएको छ । कोरोना भाइरस संक्रमणका कारण १० महिनादेखि बन्द रहेका फिल्म हललाई सरकारले खुल्ला गर्न दिने निर्णय गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खोल्न अनुमति दिएको हो।


लामो समय देखि लकडाउनका कारण करोडौ रुपैया घाटा भएको भन्दै व्यवसायीले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएका थिए। उनीहरुले हल खुलाएको देखि नै फिल्म प्रदर्शन गर्दै आएका छन्।
यसैबीच सरकारले फिल्महलसँगै नाटकघर लगायतलाई पनि खुल्ला गर्न अनुमति दिएको छ। नाटकघर भने आगामी माघ १ गतेदेखिबाट मात्र खुल्ने भएका छन् ।