८ जेष्ठ २०८३, शुक्रबार
यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले सवारी चालक अनुमतिप पत्र (लाइसेन्स)को लिखित र ट्रायल दुवै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरेकाे छ ।
कार्यालयले साेमबार सूचना निकालेर परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अनिश्चितकालका लागि लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको हो ।


‘लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहँदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ कार्यालद्वारा जारी सूचनामा भनिएको छ ।