८ जेष्ठ २०८३, शुक्रबार
रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा प्राध्यापक विष्णुप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार उनले विद्यार्थीलाई म्यासेन्जरमा अश्लील शब्द प्रयोग गरेर म्यासेज गरेका थिए । आफैँलाई पढाउने प्राध्यापकले दुर्व्यवहार गरेपछि विद्यार्थीले महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएका थिए।


उनलाई महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले मंगलबार क्याम्पसबाहिरबाट पक्राउ गरेकाे हाे।
परिसर प्रमुख अशोक सिंह राठोरका अनुसार उनीमाथि अभद्र व्यवहारमा मुद्दा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।