८ जेष्ठ २०८३, शुक्रबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । देशभरी हाल सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ छ ।


कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ जना रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ ।