नेपाल प्रहरीका ११ एसपीको एसएसपीमा बढुवा सिफारिस

होमल्याण्ड खबर

२०७७ पुष २९ गते, बुधबार २०:३६ मा प्रकाशित

नेपाल प्रहरीका ११ जना उपरीक्षकहरुको वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकार पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईटेल र महेन्द्रप्रसाद पोखरेल रहेका छन्।

बढुवा हुनेहरुमा लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा छन्।

गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।