८ जेष्ठ २०८३, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन् ।


राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरिएको जानकारी दिएको छ ।
