विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६५ लाख नाघ्यो, २० लाख ६३ हजार बढी निको भए

होमल्याण्ड खबर

२०७७ माघ ७ गते, बुधबार १०:२८ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ९ करोड ६५ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार बुधबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ९ करोड ६५ लाख ९९ हजार ६८७ पुगेको हो । त्यस्तै, हालसम्म विश्वमा २० लाख ६३ हजार ९८१ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ६ करोड ९२ लाख ५३ हजार ४४२ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड ५२ लाख ८२ हजार २६४ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ७ करोड १३ लाख १७ हजार ४२३ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या २ करोड ४८ लाख ०६ हजार ९६४ पुगेको छ । जसमध्ये ४ लाख ११ हजार ४८६ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ४७ लाख ८६ हजार ८५२ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड ०५ लाख ९६ हजार ४४२ पुगेको छ, भने १ लाख ५२ हजार ७५४ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, १ करोड ०२ लाख ४५ हजार ०९२ संक्रमितहरु निको भइसकेका छन् ।

तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ८५ लाख ७५ हजार ७४२ पुगेको छ । यसैबीच २ लाख ११ हजार ५११ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ७५ लाख १८ हजार ८४६ संक्रमितहरु निको भइसकेका छन् ।  चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या ३६ लाख १२ हजार ८०० पुगेको छ । यसैबीच ६६ हजार ६२३ को मृत्यु भइसकेको छ, भने ३० लाख ०२ हजार ०२६ संक्रमितहरु निको भइसकेका छन् ।  विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । जसमध्ये १ हजार ९६९ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ६२ हजार २५९ संक्रमितहरु निको भइसकेका छन् ।