८ जेष्ठ २०८३, शुक्रबार
बाक्लो हुस्सु र कुहिरोका कारण तराइमा आन्तरिक उडान प्रभावित भएका छन् ।
भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको छैन ।भैरहवा र नेपालगञ्जका लागि तय गरिएका तीन–तीन वटा उडान हुन सकेका छैनन् ।


बुधबार आन्तरिकतर्फ ८७ वटा उडान रहेका छन्, तीमध्ये केही उडान मौसमका कारण प्रभावित भएको हो ।
आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थलले जनाएको छ ।