२४ फाल्गुन २०८२, आईतवार
युरोपियन जाइन्ट रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ।
बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २–१ ले पराजित भएको हो।


रियल मड्रिडका लागि मिलिताओले ४५ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ८० ओँ मिनेटमा सोल्बेसले एल्कोयानोका लागि बराबरी गोल गरे ।
त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । एल्कोयानोका लागि ११५ औँ मिनेटमा कासानोभाले गोल गरेर जित दिलाए ।