८ जेष्ठ २०८३, शुक्रबार
सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुबाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ, भने अन्य १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार (आज) बिहान चार बजे दुर्घटना भएको हो ।


उक्त दुर्घटनामा दुई महिलाको मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।