१० मंसिर २०८१, सोमबार
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।
सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् ।
यसैगरी गृहमन्त्री थापाको राष्ट्रियसभाको कार्यकाल भने ६ वर्षको हुने भएको छ । राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो । बादल माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका छन् ।