मोबाइल फोनको निर्यातमा बृद्धि

होमल्याण्ड खबर

२०७७ माघ ८ गते, बिहीबार १५:५८ मा प्रकाशित

कोरोना भाइरसको प्रभाव कम भएसँगै मोबाइलको व्यापारमा अनपेक्षित बृद्धि भएको छ ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ३६ लाख ६४ हजारभन्दा बढी स्मार्टफोन आयात भएका छन् । तर, गत आवको यही अवधिमा मात्र २९ लाख ३९ हजार थान बराबरका मोबाइल भित्रिएका थिए ।

यस आर्थिक वर्षको ६ महिनामा झण्डै २० अर्ब रुपैयाँको मोबाइल सेट आयात भएका हुन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ९ अर्बले बढी हो ।

जसबाट सरकारले ३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी भन्सार असुलेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत मंसिरमा ओरालो लागेको मोबाइल फोनको आयात पुसमा भने ह्वात्तै उकालो लागेको छ ।

पुसमा मात्रै झण्डै ३ अर्ब रुपैयाँ बराबरको फोन आयात भएको विभागले जनाएको छ ।