८ मंसिर २०८१, शनिबार
विश्वकप फुटबलअन्तर्गत गएराति भएको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले ट्युनिसियालाई २–१ ले हराएको हो ।
इङ्गल्याण्डको यो जित १२ वर्षपछिको हो । यसअघि सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले पाराग्वेलाई हराएको थियो । इङ्गल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे । खेलको ११ औं मिनेटमा हृयारीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा पेनाल्टीमार्फत् ट्युनिसियाले बराबरी गोल फर्कायो । तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा इङ्गल्याण्डले जितको लागि निर्णायक गोल गर्न सफल भयो । कियरनले प्रहार गरेको कर्नर किकलाई कप्तान हृयारी केनले नै हेडमार्फत गोल गरे ।
यो जितसँगै समूह जीमा रहेको इङ्गल्याण्डले महत्वपूर्ण तीन अंक जोडेको छ । समूह जीमा नै रहेको बेल्जियमले पनि पनामालाई पराजित गर्दै समान तीन अंक जोडेको छ ।