नेपाललाई बेलायतले पनि कोरोना खोप दिने

होमल्याण्ड खबर

२०७७ माघ १३ गते, मंगलवार १६:११ मा प्रकाशित

बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई कोराना विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेट गर्दै यस्तो जानकारी दिएकी हुन् ।

बेलायतले कोभ्याक्स कार्यक्रमलाई ५५० मिलियन पाउन्ड राशीको खोप उपलब्ध गराउँदैछ । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न मुलुकलाई खोप सुनिश्चित गर्छ ।

नेपालले पनि उक्त कार्यक्रममार्फत खोप प्राप्त गर्दैछ । तर, कहिले आउँछ भन्ने टुंगो लागिसकेको छैन । भेटमा बेलायती राजदूत पोलिटले बेलायतमा विकसित भएको खोप प्रयोग गरेकोमा नेपाललाई धन्यवाद पनि दिइन् ।