८ मंसिर २०८१, शनिबार
सेनेगल, रुस विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन टिम बनेको छ । यद्यपि उसले पोल्याण्डमाथि हात पारेको २–१ को जित भने विवादीत रह्यो ।
सेनेगलको दोस्रो गोल विवादित भएको छ । चोटका कारण केहीबेर बाहिर रहेका एमबाए निएन्ज भर्खर मैदान छिरेका थिए । मिडफिल्डबाट आएको लामो पासमा उनले पोल्याण्डका गोलकिपरलाई बिट गर्दै खाली पोष्टमा गोल गरेका थिय ।
पोल्याण्डका खेलाडीहरु भने आश्चर्यमा परे । उनीहरुले रेफ्रीसामू विरोध पनि गरे । तर, उनीहरुको कुरा सुनुवाइ भएन । यसअघि खेलको पहिलो हाफमा सेनेगलले उपहार गोलबाट अग्रता लिएको थियो । इड्रिसा गुएइको प्रहार पोल्याण्डका खेलाडी सिनाकको खुट्टामा लागेर गोलमा परीणत भएको थियो ।
खेलको अन्त्यतिर पोल्याण्डका ग्रजर्ज क्रेचोयाकले गोल गरेपनि हार टार्न सकेनन् ।