नेकपा नेता झलनाथ खनाल दिल्ली जाँदै

होमल्याण्ड खबर

२०७७ माघ ३० गते, शुक्रबार ११:४१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली जान लागेका छन् । नेकपा नेता खनाल नेपाल एयरलाइन्सको शुक्रबारको उडानमार्फत दिल्ली जान लागेका हुन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार शरीर काप्ने रोगका उपचारका लागि खनाल दिल्ली जान लागेका हुन् ।

रोगको उपचारका लागि खनाल चीन जाने तयारीमा थिए । तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण बाहिरी देशबाट आएका व्यक्तिले चीनमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम भएका कारण उनी भारत जान लागेका हुन् । भारत जाँदा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएमा क्वारेन्टाइन बस्नैपर्ने नियम छैन । खनालले भारतको कुन अस्पतालमा उपचार गराउन लागेका हुन् भन्ने विषय भने खुलेको छैन । खनालले यसअघि अमेरिका र चीनमा आफ्नो उपचार गराएका थिए ।