८ मंसिर २०८१, शनिबार
विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १–० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरेका थिए ।
त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले त्यसलाई अफसाइड दिए ।
गोल गरेको भनेर सेइद र इरानका समर्थकहरुले गरेको सेलिब्रेसन खेर गयो । भिडियो रेफ्रीले अफसाइड करार गरेपछि उनीहरु निराश बने ।
त्यसपछि कुनै पनि गोल हुनसकेन र स्पेनले १–० को नतिजा निकाल्दै महत्वपूर्ण तीन अंक थप्न सफल भयो । समूह ‘बी’ मा स्पेनको चार अंक भएको छ ।