८ जेष्ठ २०८३, शुक्रबार
मंगलबार नेपालमा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएकाे पिसिआर परीक्षणमा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।


योसँगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९९ जना काेराेनामुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ । हाल नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा काेराेनाका कारण कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५५ छ ।