८ जेष्ठ २०८३, शुक्रबार
प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो।
सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गर्दै दिनेश भट्टले घटना घटनाएको जानकारी दिए। अभियुक्तको शरीरमा केही सामान्य चोटपटक समेत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहेको भन्ने अहिलेसम्म पुष्टि हुन नसकेको उनले बताए।


प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। भट्टले हत्या गरेको स्वीकार गरिसकेको समेत डीआइजी सुवेदीले बताए।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।