पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध माइतीघरमा सिलिन्डर बाेकेर प्रदर्शन

होमल्याण्ड खबर

२०७७ फाल्गुन ५ गते, बुधबार १६:५० मा प्रकाशित

जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

थाल र चम्चा ठटाएर विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद,पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर ,बढ्दो महँगी नियन्त्रण गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले सडकमा ग्यास सिलिन्डर राखेर सरकारको विरोध गरेका थिए ।