थप ९६ जना कोरोना संक्रमण पुष्टि, १११ संक्रमण मुक्त

होमल्याण्ड खबर

२०७७ फाल्गुन ६ गते, बिहीबार १६:५० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । संक्रमितमध्ये ४२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख , ६९ हजार ५ सय ६ जना रहेका छन्। हाल देशभर  एक हजार ६ सय ३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ४८ पुगेको छ ।