थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना डिस्चार्ज

होमल्याण्ड खबर

२०७७ फाल्गुन १० गते, सोमबार १६:४८ मा प्रकाशित

नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ९६६ पुगेको छ। हाल १ हजार ५ सय २९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ६६ जना क्वारेन्टाइनमा छन्।

यस्तै, देशभर हाल ५४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ४३ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४३ हजार ३ सय १५ पुगेको छ।