१० मंसिर २०८१, सोमबार
च्याम्पियन्स लिग फुटबलमा चेल्सी विजयी भएको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडलाई १–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।
चेल्सीका लागि अलिभिएर जिरुडले एक गोल गरेका थिए । उनको एक गोल नै चेल्सीको जितका लागि निर्णायक बनेको थियो ।
खेलको ६८औँ मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दुवै समूहबाट थप गोल नहुँदा चेल्सी १–० गोलले विजयी भएको हो ।
यो जितसँगै चेल्सीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एट्लेटिकोलाई भने दोस्रो लेगमा पुनरागमन जित निकाल्नु पर्ने भएको छ ।
चेल्सी र एट्लेटिकोबीचको दोस्रो लेग चेल्सीको मैदानमा मार्च १७ मा हुनेछ ।