७ जेष्ठ २०८३, बिहीबार
डोटी जिल्लाको जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु भएको छ ।
डोटीको शिखर नगरपालिका– ७ बयरकोट घर भएका ६५ वर्षीय लक्षुवा भुलको आगो निभाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।


सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार बेलुका घाइते भएका भुललाई उपचारको लागि सुजङ अस्पताल राजपुरमा लगिएको थियो ।
उपचारकै क्रममा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा समेत जलेको अवस्थामा थियो ।
मृतक भुलको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरीले जनाएको छ ।