विना पूर्व तयारी आईपीओको रिजल्ट अनलाइनलाई रोक्दा समस्या

होमल्याण्ड खबर

२०७७ फाल्गुन १४ गते, शुक्रबार १६:३९ मा प्रकाशित

महिला लघुवित्त सस्थाको साधारण शेयर(आइपीओ) बाँफाँट भएपछिको नतिजा सार्वजनिक गर्न पूर्वतयारी नभएका कारण लगानीकर्ताले सास्ती भोकेका छन् । विहान ८ बजे बाँडफाँट भएको कम्पनीको आईपीओको नतिजा हर्ने नपाएपछि आम लगानीकधर्ता आत्रोशित भएका छन् ।

कम्पनीको विक्री प्रबन्धक एबीआइ मर्चेन्टले भने कम्पनीको साधारण वेवसाइट भएकाले आईपीओ रिजल्ट नै सर्वसाधारणले हेर्न सक्ने क्षमताको नभएको बताएको छ । त्यस्तै, महिला लघुवित्त कम्पनीको वेसाइट भने टाइम आउट भन्ने इरोर आउने गरेको छ ।

यता सीडिएस एण्ड क्लियरिगका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने क्लियरिगं सञ्चालन सम्बन्धी विनियावलीमा उल्लेख भएको बुँदालाई कार्यान्वयन गरेरको भनेर पन्थिए ।

उनले भने, ‘क्लियरिंग हाउस सञ्चालनका लागि बनाइएको कार्यविधिमा नै कम्पनीहरुको तथ्यांकको सुरक्षाका बारेमा उल्लेख गरेको हुनाले हामीले यसलाई कार्यान्वयनमा ल्याएका हौं । हामीले सबै जसो कम्पनी र शेयर निष्कासन गर्ने कम्पनीहरुलाई आफ्नो क्षमता विस्तार गर्न भनेकाले एकाध कम्पनीमा समस्या आएपनि भविष्यमा सहज हुने छ ।