७ जेष्ठ २०८३, बिहीबार
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।
न्युरो–इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायेप्सीलगायतका परीक्षणबाट क्यान्सर संक्रमण नभएको पुष्टि भएको उनका सञ्चार सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।


चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुई–तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन्। तत्कालै शल्यक्रिया नगरे क्यानसरको जोखिम बढ्ने चिकित्सकको निष्कर्ष छ ।
भट्टराईको फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण तथा डा.प्रोफेसर विक्रम भाटियासँग परामर्श लिइरहेका छन् ।
आज परीक्षण सकिएसँगै डा.भट्टराई भोलि नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने प्रेस सल्लाहाकार पाण्डेले जानकारी दिए।