७ जेष्ठ २०८३, बिहीबार
नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय २७ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ।हाल देशभर ९७४ सक्रिय संक्रमित रहेका छन्।


गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।
गत २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४६, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।