७ जेष्ठ २०८३, बिहीबार
सिन्धुपाल्चोक जिल्ला,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ निवासी काेटेश्वर बहुमुखी क्याम्पस B.Ed.प्रथम वर्षमा अध्ययनरत छात्रा अन्जु दाहालको हिजो बिहान क्याम्पस जाने क्रममा ललितपुरकाे बागडाेलमा गाडीको ठक्करवाट मृत्यु भएको घटनाको विरुद्ध, घटनाको छानबिन,सवारी चालकलाई कानुनी कारवाही र पिडित परिवारजनमा उचित राहत र क्षतिपूर्तिको माग गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले आज बिहान विशाल प्रदर्शन गरेका छन्। कोटेश्वर चोक बाट शुरु भएको र्यालि बालकुमारी चोकमा सभा पछि समापन भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थी हरु दिन प्रतिदिन असुरक्षित ब्गएको भन्दै कलेज बाट घर जाने क्रममा जेब्रा क्रसिङ मै ठक्कर दिई मृत्यु भएको घटना लाई दुर्घटना नभै हत्या भएको र आज सम्म चालक र सबारिधनी लाई कारबाहीमा नगरिनु प्रहरी प्रशासनको गम्भीर लाहप्रबाही भएको बताए ।
राज्य विद्यार्थी र नागरिकको जिउधनको सुरक्षा दिनदिनै चुकेको बताउदै संघका महामन्त्री तिमल्सिनाले सत्ताको झिनाझम्टीमा रुमलिएको सरकारलाई तत्काल अन्जु दाहालको परिवारले न्याय नपाए अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
सभालाइ कोटेश्वर क्याम्पसका प्रमुख गोबिन्द कार्की,अखिल केन्द्रिय सदस्य रबिन बस्नेत,स्वबियु सभापति माधव अधिकारि,नेबिसंघ कोटेश्वर क्याम्पसका अध्यक्ष दिनेश कार्की लगाएतले सम्बोधन गर्दै दोषीलाइ कडा करबाहिको माग गरेका छन्। प्रदर्शनकै क्रममा प्रहरीले धर्पक्कड गर्दै केहिबेर नेबिसंघ अध्यक्ष दिनेश कार्की,उपध्याक्ष सन्जय बुढाथोकी,विद्यार्थी नेता टेक बहादुर शाही लाई पक्राउ गरि विद्यार्थी को दबाब पछि रिहा गरेको नेबिसंघ सचिब बिशाल कोइरालाले बताए।
हिजो बिना निश्कर्श सकिएको र आज पुनः बार्ता हुने भनिएपनी माग पूरा नभएसम्म निरन्तर आन्दोलन गरिने स्वबियु सभापती माधब अधिकारीले जानकारी दिएका छन्।