८ मंसिर २०८१, शनिबार
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आज समूह ‘एच’ मा पोल्याण्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राख्न आजको खेल दुबै टिमका लागि त्यतिकै महत्वपूर्ण छ ।
रसियाको कजान एरिनामा पोल्याण्ड र कोलम्बियाबीचको खेल नेपाली समयअनुसार आज राति ११ बजेर ४५ मिनेटमा हुनेछ ।
यसअघि पोल्याण्ड र कोलम्बिया दुवैले समुह चरणको पहिलो खेलमा हार व्यहोरेका छन् । पोल्याण्ड सेनेगलसँग २—१ गोलले पराजित भएको थियो भने कोलम्बिया जापानसँग २—१ गोलले नै पराजित भएको थियो ।
पहिलो खेलमा हार व्यहोरेको पोल्याण्ड र कोलम्बिया आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेका छन् ।