७ जेष्ठ २०८३, बिहीबार
धादिङको बेनीघाटमा ट्रक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा आज बिहान खसेको हो ।
मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।

