१० मंसिर २०८१, सोमबार
च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेभियासँग २–२ गोलको बराबरीमा खेल्दै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
डर्टमण्डका हालाण्ड र सेभियाका युसुफ एन नासरीले समान दुई–दुई गोल गरेका थिए ।
खेलको ३५औँ मिनेटमा हालाण्डले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५४औँ मिनेटमा हालाण्डले नै पेनाल्टीमार्फात व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
तर, ६९औँ मिनेटमा सेभियाका नासरीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा नासरीले नै व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २–२ को बराबरीमा फर्काएका थिए ।
पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३–२ गोलले पराजित गरेको थियो । दोस्रो लेगको बराबरीसँगै डर्टमण्ड समग्रमा ५–४ गोलले विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।