७ जेष्ठ २०८३, बिहीबार
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७ जना नयाँ संक्रमित थप भएका छन् ।
बितेको २४ घण्टामा देशभर ४ हजार ४४८ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ७० जना पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७१ हजार ११६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । मंगलबारसम्मको विवरण अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख ७ हजार ९२२ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९४२ जना आइसोलेसन र ५९ जना क्वारेन्टिनमा छन् ।