८ मंसिर २०८१, शनिबार
विश्वकप फुटबलअन्तर्गत समूह डि को छिनोफानो आज लाग्दैछ । समूह डि को खेलमा अर्जेन्टिनाले नाइजेरियासँग र क्रोएसियाले आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् ।
विश्वकपको समूह डि बाट क्रोएसिया नकआउट चरणमा प्रवेश गरेपनि एक टिमको टुंगो लागेको छैन । समूह डि बाट नकआउट चरणमा प्रवेश गर्ने राष्ट्रका दाबेदारमा अर्जेन्टिना र नाइजेरिया रहेका छन् ।
अर्जेन्टिनाले आफ्नो समूहको अन्तिम खेल नाइजेरियासँग सेन्ट पिट्र्सवर्ग रंगशलामा खेल्दैछ । यी दुईबीचको खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । एक खेलमा बराबरी खेलेको र एक खेलमा पराजित भएको अर्जेन्टिनाको १ अंक रहेको छ । यता, नाइजेरिया भने एक खेलमा विजयी र एक खेलमा हारेर ३ अंक रहेको छ ।
अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ । तर अर्जेन्टिनाले क्रोएसिया र आइसल्यान्डसँगको नतिजामा पनि भरपर्नु पर्ने हुन्छ । अर्जेन्टिनालाई नाइजेरियाले पराजित गरेमा नाइजेरिया विश्वकपको प्रिक्वाटरफाइनलमा पुग्नेछ ।
यसअघि नाइजेरिया र अर्जेन्टिनाको ८ खेलमा भेट भएको छ । जसमा ५ खेल अर्जे्न्टिनाले जितेको छ । त्यसैगरी, २ खेल नाइजेरियाले जितेको छ भने १ खेलमा बराबरी भएको छ ।