नेपालमा ५ अर्ब रुपैयाँ बढीको युरोनियम सहित ४ जना पक्राउ

होमल्याण्ड खबर

२०७७ फाल्गुन २८ गते, शुक्रबार १६:१७ मा प्रकाशित

नेपालमा पहिलो पटक साढे दुई किलोग्राम युरोनियम सहित ४ जना पक्राउ परेका छन् । ठूलो परिणाममा युरेनियम नै जफत भएको यो पहिलो घटना हो।

२ सय ३८ क्यारेटको युरेनियम जफत भएको छ भने ४ जना पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आइजी हरिबहादुर पालले जानकारी दिए । जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी रहेको आइजी पालले बताए ।

राजधानीको बौद्धमा रहेको एउटा घरबाट युरेनियम जफत भएको हो। पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको बताएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामा, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्।

नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापकै बागजोरका रहेको प्रहरीको भनाई छ ।