नेपालमा हालसम्म १५ लाखले लगाए कोरोनाविरुद्धको खोप

होमल्याण्ड खबर

२०७७ चैत्र १ गते, आईतवार १०:३९ मा प्रकाशित

नेपालमा हालसम्म कुल जनसंख्याको करिब पाँच प्रतिशतले कोराना भाइरसविरुद्धको खोप लगाएका छन् । दोस्रो चरणअन्तर्गत शनिबारसम्म १० लाख ३९ हजार ६ सय ५९ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुबै चरण गरेर खोप लगाउनेको संख्या १४ लाख ७८ हजार ५ सय ३८ रहेको छ । यो कुल जनसंख्याको ४ दमलब ९ प्रतिशत हो । मुलुकमा ६५ वर्षमाथिका मानिसको संख्या करिब १७ लाख ९२ हजार छ । ६५ वर्षमाथिकालाई खोप लगाइसकेपछि दोस्रो प्राथमिकताको दोस्रो चरणअन्तर्गत ५५ वर्षमाथिकालाई लगाउने प्रक्रिया शुरु गर्ने तयारी छ । मुलुकमा गत माघ १४ गतेदेखि खोप अभियान सुरु भएको हो । पहिलो र दोस्रो चरणमा प्राथमिकताको निर्धारित लक्ष्यको ५३ प्रतिशतले मात्रै अहिलेसम्म खोप लगाएका छन् ।