७ जेष्ठ २०८३, बिहीबार
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा ११ महिने शिशुको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।
टिचिङ अस्पतालका चिकित्सकहरुले ८ घण्टा लगाएर शनिबार ११ महिने शिशुको कलेजो प्रत्यारोपण गरेका हुन् ।


कलेजो प्रत्यारोपण गरिएका ११ महिने शिशु काभ्रेका हुन् । ती शिशुको कलेजो प्रत्यारोपणका लागि टिचिङ अस्पतालका चिकित्सकहरुले डेढ महिना अगाडिदेखि तयारी गरेका थिए ।
११ महिने शिशुको कलेजो प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुलाई सहयोग गर्न भारतको फोर्टिस अस्पतालका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली समेत नेपाल आएको थियो । भारतीय चिकित्सकहरुको सहयोगमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पतालका लिभर तथा प्यान्क्रियाज सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले जानकारी दिए ।
११ महिनो शिशुको कलेजो प्रत्यारोपणका लागि शिशुका ३५ वर्षीय बाबुले कलेजो दान गरेका थिए ।
त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं पटक कलेजो प्रत्यारोपण गरिएको हो । ११ महिनाकै सानो उमेरमा बिरामीको भने पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको डा सिंहले जानकारी दिए ।