७ जेष्ठ २०८३, बिहीबार
नेपालमा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ३११ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ ।


नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण तीन हजार १४ जनाको मृत्यु भएको छ ।
हाल देशभर ८९५ जना आइसोलेसनमा र ४४ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।