७ जेष्ठ २०८३, बिहीबार
आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।


हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।