माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन

होमल्याण्ड खबर

२०७७ चैत्र ३ गते, मंगलवार १५:०१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

यस्तै प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ थिए ।

प्रतिनिधिसमा विघटनपछि एक भएका प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आज आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो।

माओवादी केन्द्रले अब संसदीय दलको उपनेता र सचेतक चयन गर्न बाँकी छ ।