मारुती ओपिसी सिमेन्टले पायो ‘आइएसओ ९००१, २०१५ सर्टिफकेट’

होमल्याण्ड खबर

२०७४ कार्तिक १४ गते, मंगलवार ०७:५६ मा प्रकाशित

मारुती सिमेन्टले क्लिंकर ओपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरणका लागि ‘एनएस÷आइएसओ ९००१ः २०१५ सर्टििफकेट’ पाएको छ ।

क्लिंकर ओपिसी सिमेन्ट क्षेत्रमा यो सम्मान पाउनेमा आफू पहिलो भएको कम्पनीको दावी छ । आइएसओ मान्यताबाट सम्मानित हुनुले सर्वा्धिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित हुन सघाएको जनाउँदै कम्पनीले अबका दिनमा पनि अझ दरिलो विश्वासका साथ आफ्नो गुणस्तरलाई मजबुत बनाउने संकल्प गरेको छ ।

आजभन्दा ९ वर्ष अगाडि नेपालकै पहिलो निजीस्तरबाट संचालनमा आएको उद्योगले आफ्नै चुनढुंगा खानीबाट रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा ओपिसी सिमेन्टको उत्पादन गर्दै आएको छ ।