७ जेष्ठ २०८३, बिहीबार
नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २७८१ मा पिसिआर गर्दा ९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ।


पछिल्लो २४ घण्टामा ५५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ। कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत छ।