९ मंसिर २०८१, आईतवार
पर्यटकीय नगरी पोखरालार्इृ केवलकार सञ्चालन पछि अझै रमणी र मनोरम बनाउने भएको छ । रोड शो रीयलस्टेट कम्पनीको मुख्य लगानी र जापानी प्राविधिक कम्पनी निप्कोन केवलको प्राविधिक लगानीमा उक्त केवनकार निर्माण थालिएको हो । नेपालमा अनुभवी केवलकार निर्माण संस्था हिमालय हाइड्रो र चितवन कोइ समुहको सक्रियतामा काम अगाडी बढि रहेको अन्नपुर्ण केवलकारका इन्जिनियर उनम प्रधानले जानकारी दिए ।
इन्जिनियर उमनका अनुसार, हाल स्टेसन निर्माणको कार्य भैरहेको छ । टप स्टेसन र बटम स्टेसनमा पहिलो टाइबिङ पछिको काम भैरहेको छ । १३ वटा पोल राखिने उक्त रुटमा फाइनल सर्भेको काम हुदैछ । फइनल सर्भेमाफर्त सबैको पालोको पोजिसन सेट गरिन्छ । यहाँ प्रयोग गरिने केवलका लागि जापानी प्राविधिक कम्पनी निप्कोनका आवश्यक केवलको व्यावस्था भैरहेको छ ।
२.०४ किलोमिटर लामो उक्र केवलकारको बटम स्टेसन पोखरा महानगरपालिका वडा नं ४ स्थित सेवी बहरमा रहने छ । बटम स्टेसनको आसपास रहेको चामे बजार स्वस्थ र स्वादिलो माछाका लागि लोक प्रिय स्थल हो । यहाँ मौलिक स्थानिय र रहन सहन पर्यटकका लागि अनुपन र आन्नदायक लाग्न सक्छ ।
अझ रोमाञ्चक पक्ष त केवलकार मार्फत देखिने फेवातालको सुन्दर र मनमोहक दृश्य हुनेछ । प्रारम्भिक चरणमा जम्मा १८ वटा क्याविनको व्यावस्था हुनेछ । प्रत्येक क्याविनमा ८ जना यात्रु रहन सक्ने क्षमता हुनेृ इन्जिनियर सुमन शर्माले जानकारी दिए । जापानी प्राविधिक कम्पनी निप्कोनका उत्कृष्ट प्राविधिक प्रयोग गरिने भएका कारण पनि यो सेवा सुरक्षित, आरमदायी हुने विश्वास रोड शो रीयलस्टेटले गरेको छ ।