१९ श्रावण २०८३, मंगलवार
शेयर लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य अम्बिकाप्रसाद पौडेल नेपाल दूरसञ्चार कम्पनी(टेलिकम)को सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन्। पौडेल सर्वसाधारण शेयरधनीको तर्फबाट टेलिकाममा सञ्चालक निर्वाचित भएका हुन ।
टेलिकमको चैत १३ गते हुने वार्षिक साधारणसभाले चयनलाई अनुमोदन गर्ने छ। टेलिकममा ८.४८ प्रतिशत शेयर सर्वसाधारणमध्ये ४.५ प्रतिशत कर्मचारी,३.९८ प्रतिशत साधारण र नागरिक लगानी कोषको ०.०३ प्रतिशत छ।

