१० मंसिर २०८१, सोमबार
म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एभर्टनलाई २–० गोलले हराउँदै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
सिटीका लागि इल्के गुन्डोगान र केभिन डी ब्रुएनले एक–एक गोल गरेका थिए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८४औँ मिनेटमा सिटीका गुन्डोगानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा ब्रुएनले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए ।
यो जितसँगै सिटी लगातार तेस्रो सिजन एफए कपको सेमिफाइनलमा पुगेको हो ।
यस्तै शनिबार राति नै भएको अर्को खेलमा साउथह्याम्पटन पनि सेमिफाइनलमा प्रवेश गरेको छ । बर्नमाउथलाई ३–० गोलले हराएर साउथह्याम्पटन सेमिफाइनलमा पुगेको हो ।